रवि लामिछानेका मिडिया साझेदार जीवी राई फरार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका मिडिया साझेदार जीवी राई भनिने गितेन्द्र बहादुर राई फरार भएका छन्।

नेपालमा अवैध मानिएको नेटवर्किङ व्यवसायबाट अकुत सम्पति कमाएर त्यसलाई मिडियाको बलमा वैध बनाउन ग्यालेक्सी टेलिभिजनको अध्यक्ष हुन आइपुगेका उनी १६ अर्बभन्दा बढी रकम अपचलन गरेर फरार भएका हुन्। 

नेपालमा सुरूदेखि नै नेटकर्किङ व्यवसायमा संलग्न उनी यो व्यवसाय अवैध भएपछि नाम र स्वरूप फेर्दै त्यही रूपका अनेक व्यवसाय गर्दै आएका थिए। पछिल्लो समय उनी सहकारीलाई नेटवर्किङ व्यवसायको रूपमा सञ्चालन गर्दै थिए। 

अवैध व्यवसायबाट अकुत् सम्पति कमाएपछि उनले त्यसलाई वैध बनाउन प्रहरी र पत्रकारलाई साझेदार बनाए। त्यही साझेदारीमा जोडिन आइपुगेका थिए 'सिधा कुरा जनतासँग' फेमका वाचाल सञ्चारकर्मी रवि लामिछाने। सुशासनको सबैभन्दा चर्को वकालत गर्ने लामिछाने र सत्य सेवा सुरक्षाको ठूला पहरेदार केही पूर्व उच्च प्रहरी अधिकारीलाई 'मिडिया पार्टनर' बनाएर जीवी ग्यालेक्सी टेलिभिजनको अध्यक्ष भएका थिए। 

जीवी अध्यक्ष भए पनि यसका हर्ताकर्ता लामिछाने नै थिए। एक किसिममले भन्ने हो भने जीवीले यो लामिछानेकै लागि खोलिदिएको टेलिभिजन थियो  भने पनि हुन्छ। तर, यो टेलिभिजन लामो समयसम्म जाने नदेखेपछि चतुर रवि यसलाई भर्याङ बनाएर राष्ट्रिय स्वतन्त्र पार्टीको तला चढे। पार्टीको स्थापनासँगै रवि बाहिरिए। तर, यतिबेलासम्ममा रवि धनी भैसकेका थिए भने ग्यालेक्सी टिभी ठूलो घाटामा गएर जीवी गरीव हुन थालिसकेका थिए।

जीवीले रवि र ग्यालेक्सीका लागि उनको पछिल्लो गोरखधन्दा सहकारीबाट पैसाको जोहो गरेका थिए। रवि हुन्जेल त उनको अभियन्ता छविले जीवीको  सक्कली अनुहार छोपिएको थियो तर जब उनी राजनीतिमा निस्के त्यसपछि जीवीका खराब दिन सुरू भए।

जीवी राई आफू रवि लामिछानेको ग्यालेक्सी टेलिभिजनको सुनको फुल पार्ने सपनामा फसेको बताइरहेका छन्। उनका एक सहयोगीका अनुसार जीवी भन्छन्, 'रविले यति र उति फाइदा हुन्छ भनेर लगानी गर्न लगायो। करोडौ लिएर आफू हिड्यो, मलाई चाँहि अर्बौको खाडलमा धसायो।

सहकारीबाट निकालेको पैसाको खाडल पर्न थाल्यो। उनले यो वा त्यो नामममा सञ्चालन गरेका सबै सहकारीमा पैसाको हाहाकार भयो। त्यसको अग्रपंक्तिमा देखिए, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था। अहिले यी दुबै सहकारीको रकम अपचलन गरेकोमा जीवीविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। 

तर, उनी प्रहरीमा रहेका आफ्ना खास मान्छेका कारण पक्राउ परेका छैनन्। अहिले उनी फरार भएका छन्। तर उनी अध्यक्ष रहेको ग्यालेक्सी टेलिभिजन भने चलेकै छ।

यतिबेला जीवी राई आफू रविको ग्यालेक्सी टेलिभिजनको सुनको फुल पार्ने सपनामा फसेको बताइरहेका छन्। उनका एक सहयोगीका अनुसार जीवी भन्छन्, 'रविले यति र उति फाइदा हुन्छ भनेर लगानी गर्न लगायो। करोडौ लिएर आफू हिड्यो, मलाई चाँहि अर्बौको खाडलमा धसायो।'

पछिल्लो समय नेपालको मिडिया कालो धनलाई सेतो बनाउने कारखानाजस्तै भएको छ। मिडियाको म पनि थाहा नभएका नाफाखेर ब्यापारीहरू मिडियामा चाहिनेभन्दा बढी नोक्सान देखाएर अरू धन्दाबाट कमाएको कालो धनलाई सेतो बनाइरहेका छन्। 

जीबी राई पनि त्यही रणनीतिमा रविलाई मोहोरा बनाएर ग्यालेक्सीमा छिरेका थिए तर उनका लागि भने रविले बिचैमा छोडिदिदा यो खेला महङ्गो भयो। 

अब रवि लामिछानेले यो कनेक्सनका बारेमा कस्तो सफाइ दिन्छन्, त्यो भने हेर्न बाँकि नै छ। 

यसो त रविका वरिपरि यस्ता मानिसको कमी छैन। ढाकाकुमार, मोहनजङ्ग र जीवी त त्यस्ता केही कमजोर कडी मात्र हुन्, समयक्रममा अरू कमजोर कडी पनि उजागर हुँदै जानेछन्।

प्रकाशित मिति: : 2023-09-29 01:01:00

प्रतिकृया दिनुहोस्