बझाङ भूकम्पः घर र विद्यालयका भवनमा क्षति (तस्बिरहरू)

तस्बिर साैजन्य : साइपाल एफएम
तस्बिर साैजन्य : साइपाल एफएम

बझाङमा गएको ६.३ म्याग्निच्युडको भूकम्पले जिल्लाका भौतिक संरचनामा क्षति पुर्याएको छ।

भूकम्पको केन्द्रविन्दु रहेको तलकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवले केही भौतिक संरचनामा क्षति पुगेको बताए।

उनका अनुसार खौलाबजार क्षेत्रमा केही घरमा क्षति पुगेको छ भने सोही पालिकाको हिमालय माविको एउटा भवन भत्किएको छ।

उनले दुई पटक भूकम्पको धक्का महसुस गरेको बताए। ‘पहिलो पटक भूकम्पको आउँदा कार्यालयभित्र काम गरिरहेका थियौँ। अर्को पटक आउँदा हामी बाहिर आइसकेका थियौँ। पहिलोभन्दा अझै ठुलो आयो। भवन नै हल्लायो’, उनले बिएल नेपाली सेवासँग भने।

भूकम्प गएपछि मानिसहरूकाे भागदौड र हल्ला मच्चिएको छ भने अस्पतालमा भएका बिरामीहरूलाई बाहिर निकालेर उपचार थालिएकाे छ।

प्रकाशित मिति: : 2023-10-03 15:21:00

प्रतिकृया दिनुहोस्