विवादास्पद अभिव्यक्ति दिएका धर्मगुरु श्रीनिवास पक्राउ

धार्मिक तथा साम्प्रदायिक अभिव्यक्ति दिएर धार्मिक हिंसा भड्काउन खाजेकोे आरोपमा श्रीनिवास पक्राउ परेका छन्।

विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीले उनलाई नियन्त्रणमा लिएको छ। श्री निवास यसअघि २०७६ सालमा आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका थिए।

प्रकाशित मिति: : 2023-10-03 19:57:00

प्रतिकृया दिनुहोस्