रिगलविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

File Photo
File Photo

राष्ट्रपतिबाट आममाफी पाएका गुण्डा नाइकेका रुपमा चिनिने रिगल भनिने योगराज ढकालविरुद्धमा परेको रिट न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा परेको छ।

यसअघि दुई पटक स्थगित भएको उक्त रिटको सुनुवाइ आज शर्माको इजलासमा परेको हो। खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या गरेका रिगलको कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्ध चेतनकी श्रीमती भारतीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

उक्त रिट सोमबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र मंगलबार कुमार चुडालको इजलासमा परेको थियो। अन्तिममा रिट हेर्न नभ्याइनेमा परेको थियो।

भारतीले आफ्नो श्रीमानको हत्यामा संलग्न योगराजको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई पुनः जेलमा पठाउन माग गरेकी छन्।

प्रकाशित मिति: : 2023-10-05 11:14:00

प्रतिकृया दिनुहोस्