कांग्रेस संसदीय दलको बैठक जारी

सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएकाे छ।

बैठक सङ्घीय संसद भवन नयाँ बानेश्वरमा केहीबेरअघि सुरू भएकाे हाे।

बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

प्रकाशित मिति: : 2023-10-10 13:21:00

प्रतिकृया दिनुहोस्