६ महिनाभित्र स्वास्थ्यकर्मीकाे दरबन्दी खाेल्छाैँ: स्वास्थमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसंख्यामन्त्री माेहनबहादुर बस्नेतले ६ महिनाभित्र स्वास्थ्यकर्मीकाे व्यवस्थापन गर्ने बताएका छन्।

काठमाडौँमा भएकाे विश्व मानसिक स्वास्थ दिवसका अवसरमा बाेल्दै उनले यस्ताे बताएका हुन्।

'अस्पतालमा भएकाे चिकित्सक अभाव ६ महिनाभित्र समाधान गर्छौं। अब दरबन्दी छिट्टै खुल्छ', उनले भने।

अस्पतालमा उपकरण अभाव हुन पनि नदिने बताए। साथै बस्नेतले वीर अस्पतालमा धेरै भएका स्वास्थ्यकर्मी निकालिएकाे जानकारी दिए।

मन्त्री बस्नेतले पैसा अभाव भएपछि काेभिडमा नियुक्त गरिएका स्वास्थ्यकर्मीलाई बिदाइ गरिएकाे बताए।

स्वास्थ्यकर्मीकाे बिदाइपछि अस्पतालमा समस्या नभएकाे पनि उनकाे भनाइ छ। 

प्रकाशित मिति: : 2023-10-10 13:30:00

प्रतिकृया दिनुहोस्