विमानस्थलबाट सुनसहित एकजना पक्राउ

File Photo
File Photo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले जानकारी दिए।

उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो। उक्त विषयमा आवश्यक अनुसन्धान सुरु भएको डा पाण्डेले बताए।

प्रकाशित मिति: : 2023-10-10 13:43:00

प्रतिकृया दिनुहोस्