बिहिबार, १० जुलाई २०२५

इजरायलमा फसेका विद्यार्थी लिन परराष्ट्रमन्त्री आफैँ जाने

News Image
• • •

इजरायल-हमास युद्धकाे कारण इजरायल (गाजा)मा फसेका विद्यार्थी लिनकाे लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ जाने भएका छन्।

आज बसेकाे मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री साउद आफैँ इजरायल जाने निर्णय भएकाे उद्याेग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए।

शनिबारदेखि सुरु भएकाे इजरायल-हमास युद्धमा गाजा क्षेत्रमा अलपत्र परेका नेपाली विद्यार्थीलाई लिनकाे लागि नेपाल वायु सेवा निगमकाे जहाज आज (बुधबार) राति ११ बजे त्यसतर्फ प्रस्थान गर्दैछ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?