बिएल संवाददाता
जासुस गरेको आरोपमा दोषी ठहर भई चीनमा तीनवर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताएका छन्।
उनका अनुसार पत्रकार चेङ लिसँग आफ्ना दुई सन्तानसँग मेलबोर्नमा पुनरमिलन भएको छ। ४८ वर्षीया चेङ चीनको सरकारी प्रसारक सीसीटिभीको अन्तर्राष्ट्रिय विभागमा काम गर्थिन्।
'उहाँको मुद्दा चीनमा कानूनी प्रक्रियाबाट टुङ्गिएको थियो', प्रधानमन्त्री अल्बानिजले पत्रकारहरूसँग भने। पत्रकार चेङको फिर्ती अल्बानिजको यो वर्ष नियोजित बेइजिङ भ्रमणअघि भएको छ। यद्यपि प्रधानमन्त्री अल्बानिजको बेइजिङ भ्रमणको मिति टुङ्गो लागिसकेको छैन।
अल्बानिजको सरकारले सन् चेङ र सन् २०१९ देखि चीनमा थुनिएका चिनियाँ मूलका अस्ट्रेलियाली नागरिक याङ हेङ्जनको रिहाइका लागि लबिङ गरिरहेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया