बिएल संवाददाता
जासुस गरेको आरोपमा दोषी ठहर भई चीनमा तीनवर्ष थुनामा रहेकी चिनियाँ मूलकी एक अस्ट्रेलियाली पत्रकार अस्ट्रेलिया फर्केको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बुधबार बताएका छन्।
उनका अनुसार पत्रकार चेङ लिसँग आफ्ना दुई सन्तानसँग मेलबोर्नमा पुनरमिलन भएको छ। ४८ वर्षीया चेङ चीनको सरकारी प्रसारक सीसीटिभीको अन्तर्राष्ट्रिय विभागमा काम गर्थिन्।
'उहाँको मुद्दा चीनमा कानूनी प्रक्रियाबाट टुङ्गिएको थियो', प्रधानमन्त्री अल्बानिजले पत्रकारहरूसँग भने। पत्रकार चेङको फिर्ती अल्बानिजको यो वर्ष नियोजित बेइजिङ भ्रमणअघि भएको छ। यद्यपि प्रधानमन्त्री अल्बानिजको बेइजिङ भ्रमणको मिति टुङ्गो लागिसकेको छैन।
अल्बानिजको सरकारले सन् चेङ र सन् २०१९ देखि चीनमा थुनिएका चिनियाँ मूलका अस्ट्रेलियाली नागरिक याङ हेङ्जनको रिहाइका लागि लबिङ गरिरहेको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया