भक्तपुरमा दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

भक्तपुर नगरपालिका– १ सल्लाघारीको खानेपानी कार्यालय नजिकै सडकमा आज (बिहिबार) सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुवाकोटबाट सल्लाघारीतर्फ जाँदै गरेको बा६९प ९१० नंको स्कुटरले ठक्कर दिई दुर्घटना हुँदा पैदलयात्री भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने ६८ वर्षीया भुलिमाया धुगुछुको मृत्यु भएको हो।

प्रहरीले उक्त स्कुटर र स्कुटर चालक दोलखा तामाकोशी गाउँपालिका–४ घर भई हाल चाँगुनारायण नगरपालिका– १ दुवाकोट बस्ने ३६ वर्षीय यम खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2023-10-12 18:39:00

प्रतिकृया दिनुहोस्