नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ।
प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा गरी ३५६ जनाका लागि भर्ना खुलेको हो।
इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको हो।
प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचनाअनुसार दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ।
प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ।