सरकारी सवारीको दुरुपयोग बढ्दो

फाइल तस्बिर
फाइल तस्बिर

बागलुङ जिल्लामा सरकारी सवारीको दुरुपयोग बढ्न थालेको छ। जिल्ला ट्राफिक कार्यालय बागलुङले सरकारी सवारीको दुरुपयोग बढेपछि धमाधम कारबाहीको दायरामा ल्याउन थालेको हो।

जिल्लामा सार्वजनिक बिदाको दिन सम्बन्धित निकायबाट अनुमति नलिई सरकारी सवारीसधान प्रयोग हुन थालेपछि ट्राफिक प्रहरीले सक्रियताका साथ कारबाही गर्न थालेको छ।

असोजभर परेको तीन दिनको सार्वजनिक बिदाको समयमा १६ सरकारी सवारीसधान कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यालय बागलुङले जनाएको छ। जिल्लामा असोज महिनादेखि सरकारी सवारीको जाँचमा कडाइ गरिएका हुन्।

सरकारी सवारी लिएर पर्यटकीयस्थल हिँडेको,घुम्न हिँडेको र विना काममा सरकारी सवारीको प्रयोग बढेपछि कारबाही गर्न थालिएको छ। स्थानीय तहका सरकारी सवारी बढी दुरुपयोग भएको प्रहरीको भनाइ छ।

असोज महिनाको तीन दिनमा मात्रै १६ सरकारी सवारी मोटरसाईकल र जीपलाई नियन्त्रणमा लिएर कार्वाही गरिएको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख वरिष्ठ प्रहरी सहायक निरीक्षक मीनबहादुर खड्काले जानकारी दिए।

प्रकाशित मिति: : 2023-10-30 20:36:00

प्रतिकृया दिनुहोस्