नेपाली युवा प्रकाशराज पाण्डेले अफ्रिकाकाे सर्वाेच्च शिखर किलिमञ्जारो (५ हजार ८ सय ९५ मिटर)काे सफल आराेहण गरेका छन्। उनले मंगलबार बिहान बिहान ६: ४० बजे तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण गरेका हुन्।
पाण्डे सात महादेशका सात सर्वाेच्च शिखर चुम्ने अभियानमा छन्, साेही अभियानअन्तर्गत उनले अफ्रिकाकाे याे हिमालकाे आराेहण गरेका हुन्। यसअघि उनले नेपालका सगरमाथा, मनास्लुलगायत छ हिमालकाे आराेहण गरिसकेका छन्।
त्यस्तै पाण्डेले रुसमा रहेको युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल पनि आरोहण गरिसकेका छन्।
रामेछापकाे लिखु तामाकाेसीका पाण्डे अक्टाेबर २३ मा अफ्रिका प्रस्तान गरेका थिए।
पाण्डे नेपाल स्काउटमा समेत आबद्ध छन्।