नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका नेता एवं प्रवक्ता सन्जिप राईले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई सुझावसहित धारणा सार्वजनिक गरेका छन्।
प्रवक्ता राईले गाउँघर टुथलेस र युथलेस मात्र भएकोले उत्पादन केही नभएको, जमिनहरु बाँझा र उजाड भएको बताएका छन्। सहर बजारका अधिकांश सटर खाली र पसलहरु बन्द उनले उल्लेख गरेका छन्।
'हाम्रो दसैँ, तिहार, छठ आदि जस्ता राष्ट्रिय पर्वहरुको केही रौनक छैन, यसको मुख्य कारण दलाल पुँजीवाद हो। यो पुँजीवादी व्यस्थालाई निर्मुल पार्न समाजवादी क्रान्ति अपरिहार्य छ। यसका निम्ति राज्यले तत्काल युवा पलायन रोक्ने नीति अवलम्बन गर्नु पर्दछ', उनले भनेका छन्।
यस्ताे भनेका छन् राईले
-बेरोजगारी युवाहरूलाई सीप मुलक तालीम प्रदान गरि योग्यता अनुसारको कामको ग्यारेन्टी गर्नुपर्ने।
- नेपाली कृषि उत्पादनलाई राज्यले बजारको ग्यारेन्टी गरि युवाहरुलाई कृषि उद्यमशीलतासँग जोड्नुपर्ने।
- युवा उद्यमी कर्जाका लागि सफ्ट लोन प्रदान गर्नुपर्ने।
-विज्ञान र प्रविधि मैत्री बनाउन युवाहरूलाई व्यापकतम तालिम प्रदान गरी उत्पादनमा जोड्नुपर्ने।
आदि यी कामहरुले युवाहरूलाई डेभलपमेन्ट फोर्समा विकास गर्दै समृद्धिको यात्रामा 'जुनकीरी' प्रदान गर्न सकिन्छ, समाजवादको लक्ष्यमा पुग्न सकिन्छ।
प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टी पनि दुई महत्वपूर्ण मन्त्रालयसहित सामेल छन्।