भूकम्पपीडतलाई ३५ लाख सहयोग गर्ने निर्णय

बिएल संवाददाता

सिन्धुपाल्चोक

सिन्धुपाल्चोकका तीनवटा स्थानीय तहले जाजरकोट भूकम्पपीडितलाई रु ३५ लाख सहयोग गर्ने निर्णय गरेका छन्।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले रु १५ लाख, भोटेकोशी गाउँपालिकाले रु १० लाख र त्रिपुरासुन्दरी गाउँपालिकाले रु १० लाख  सहयोगस्वरुप प्रदान गर्ने निर्णय गरेका हुन्।

प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मल्हम लगाउनुपर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले बताए।

प्रकाशित मिति: : 2023-11-04 22:01:00

प्रतिकृया दिनुहोस्