भूकम्पबाट अवरुद्ध भएका जाजरकोट र रुकुम पश्चिमका सडक सञ्चालन

जाजरकोटमा रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार राति गएको भूकम्पले भेरी नगरपालिका– १ रिम्नास्थित सडकमा खसेको पहिरो।
जाजरकोटमा रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार राति गएको भूकम्पले भेरी नगरपालिका– १ रिम्नास्थित सडकमा खसेको पहिरो।

शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन्।

सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो। भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ।

त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको छ। रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाएको छ।

राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख ई तेजस्वी शर्माले जानकारी दिए।

राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो। मध्यपहाडी लोकमार्गमा रहेका सडकसमेत खुलाइएको छ। 

प्रकाशित मिति: : 2023-11-05 10:53:00

प्रतिकृया दिनुहोस्