तीन वर्षदेखि राेकिएकाे नेपाल सुपर लिग आजबाट

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) आज (शुक्रबार)बाट काठमाडौँमा आयोजना हुँदैछ। एनएसएलका सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालमा हुनेछ।

एक महिनासम्म चल्ने सो प्रतियोगितामा कूल ९ टोलीले प्रतिस्पर्धा गर्दैछन्। कोरोना महामारीको बीचमा भएको पहिलो संस्करणको नेपाल सुपर लिग तीन वर्षपछि आयोजना हुँदैछ।

बुधबार प्रतियोगिता आयोजना हुनअघि भएको प्रिम्याच कन्फेरेन्समा एनएसएलका निर्देशक श्रेयांस कार्की दर्शकको साथ दरिलो रहने बताए।

‘पहिलो संस्करणको एनएसएल कोरोनाका महामारीबीच आयोजना भएको थियो, जहाँ दर्शकको उपस्थिति बिना प्रतियोगिता आयोजना भएको थियो’, निर्देशक कार्कीले भने, ‘यसपटक प्रतियोगितामा दर्शको दरिलो साथ पाउने छौँ।’

एक महिनासम्म चल्ने सो प्रतियोगितामा कूल ४० वटा खेलहरू हुनेछन्र जहाँ ९ टोली एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

दोस्रो संस्करणको लिग भव्य रुपमा आयोजना गर्न निर्देशक कार्कीले बताए। ‘पहिलो संस्करणको खेलमा दर्शकोहरू रगंशालमा उपस्थिति नभएपनि अनलाइनमार्फत् दर्शकको साथ पाइएको थियो’ कार्कीले भने, ‘कडा चुनौतीबीच दोस्रो संस्करणको लिग भव्य रुपमा आयोजना हुनेछ।’

यसअघि पनि एनएसएल, डिभिजन क्लब, र आखिल नेपाल फुटबल संघ एन्फाबीच भएको विवादका कारण एनएसएल आयोजना हुन सकिरहेको थिएन्। तर, तीन वर्षपछि आयोजना हुन लागेको उक्त फ्रेन्चाइज लिगको लागि खेलाडीहरू पनि उत्साहित देखिएका छन्। एन्फा तथा डिभिजन क्लबहरूबीच भएको विवाद सुलजिएर सहकार्य भएको कार्कीले बताए।

पहिलो संस्करणको लिगमा सहभागी भएको विराटनगर सिटी एफसी भने यसपटक लिगमा सहभागी भएको छैन। यसपटकदेखि हरेक टोलीले पाँच जना विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउने भएका छन्। त्यस्तै सहभागी क्लबले पाँच जना विदेशी खेलाडीसहित मार्की खेलाडीले गरे २३ खेलाडीलाई राखेको छ।

टाेलीहरू ः

काठमाडौँ रेजर्स

नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करणको बिजेता हो, काठमाडौँ रेजर्स। काठमाडौँ रेजर्सका प्रशिक्षक बालगोपाल महर्जन हुन् भने मार्की खेलाडीको रुपमा हिसुब थपलिया रहेका छन्।

पछिल्लो संस्करणमा पनि बालगोपाल महर्जनले नै काठमाडौँ रेजर्सका प्रशिक्षक रहेका थिए। ‘अघिल्लो वर्ष काठमाडौँ रेजर्सले नेपाल सुपर लिगको उपाधि जितेको छ। यसपटक पुन: हामीले उपाधि जित्ने लक्ष्य बोकेका छौँ’, प्रशिक्षक महर्जनले भने।

यता पहिलो संस्करणमा धनगढी एफसीलाई हराउँदै काठमाडौँ च्याम्पियन बनेको थियो। बिचमा चाडपर्व र विश्वकप छनोटले गर्दा प्ररिक्षण्मा केही असर परेको उनले बताए।

‘हरेक टिममा पाचँ जना विदेशी खेलाडी रहँदा प्रतियोगिता निकै रोमान्चक हुनेछ’, महर्जनले भने, ‘यसपटक पनि विदेशी खेलाडी नै निर्णायक हुने छन्।’

त्यस्तै मार्की खेलाडी हिसुबले पनि एनएसएल खेल्न उत्सहाती रहेको बताए। ‘मार्की खेलाडी हुँदा जिम्मेवारी त छँदैछ तयारी राम्रै भइरहेको छ सोचेजस्ता नजिता आउँछ भन्नेमा हामी आशावादी छौँ’, उनले भने।

एफसी चितवन

यस संस्करणमा चितवन एफसीका मार्की खेलाडीको रुपमा विशाल क्षेष्ठ रहेका छन् भने प्रशिक्षक भारतीय मेहराजुद्दिन वाडु रहेका छन्।

एउटा बलियो टोलीको रुपमा हेरिएको चितवनका प्रशिक्षक वाडु भारतको चर्चित लिग आइएसएल खेलेको अनुभव छ। ‘म पहिलोपटक नेपालमा प्ररिक्षको रुपमा आएको छु एनएसएल मेरो लागि एउटा ठुलो चुनौती हो,’ प्रशिक्षक वाडुले भने। चितवन एफसीले नेपाल सुपर लिगको लागि तीन साताअघि देखि तयारी थालेको थियो।

एनएसएलले स्थानीय खेलाडीको क्षमता देखाउने अवसर रहेको प्रशिक्षकले सुनाए। चितवनले पनि चाडपर्व र विश्वकपले गर्दा सबै टोलीले एक दिनमा मात्र तयारी गर्न पाएको थियो। ‘एनएसएलमा आफ्नाे उत्कृष्ट प्रदर्शन गर्न हामी तत्पर रहेका छौँ,’ वाडुले भने। मार्की खेलाडीको रुपमा रहेका विशाल श्रेष्ठले चितवन एफसीलाई जिताउने लक्ष्य बोकको बताएका छन्।

झापा एफसी

यस संस्करणमा झापा एफसीले पहिलोपटक सहभागीता जनाउँदै छ। झापामा मार्की खेलाडीको रुपमा नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्डर अन्जन विष्ट छन भने प्रशिक्षक स्पेनका ओलिओल मोहदानो सेगुरा रहेका छन्।

पहिलोपटक सहभागीता जनाउन लागेको उक्त क्लब दोस्रो संस्करणको उपाधि आफूले जित्ने लक्ष्य बोकेकाे छ। ‘एन्एसलको लागि हामीले २–३ साताअघि देखि तयारी थालेका थियौँ, सोचेको जस्तो तयारी त गर्न सकेका छनौँ,’ प्रशिक्षक सेगुराले भने, ‘तर, प्रतियोगितामा हामीले हाम्रो उत्कृष्ट दिने छौँ।’

अन्जनसँग झापामा लाकेन लिम्बु अर्का बलियो खेलाडीको रुपमा हेरिएको थियो। तर, लाकेन घाइते भएका कारण विश्वकप छनोटको खेल पनि गुमाएका थिए।

प्रशिक्षक सेगुराले लाकेन बारेमा छलफल भइरहेको र उनको बारेमा चिन्ता रहेका बताएका छन्। त्यस्तै झापा मार्की खेलाडीको रुपमा रहेका अन्जन विष्टले एनएसएलको लागि भन्दा आफू राष्ट्रिय टोलीको लागि बढी ‘फोकस’ भएको बताए।

उनले भने, ‘एनएसएलभन्दा म चाहिँ राष्ट्रिय टोलीमा बढी फोकस भएको थियो तर प्रशिक्षकसँग एनएसएलको बारेमा हाम्रो सधैंजस्तो छलफल भइरहेको हुन्थ्याे,’ अन्जनले भने, ‘तर, राष्ट्रिय टोलीमा धेरै फोकस भएको एनएलएलमा केही समस्या होला जस्तो लाग्दैन्।’

स्पोर्टिङ इलाम एफसी

यस संस्करणमा नयाँ आएको तीन क्लबमध्ये एक हो, स्पोर्टिङ इलाम एफसी। स्पोर्टिङ इलाम एफसीका मार्की खेलाडीको रुपमा विकास कुथु रहेका छन् भने प्रशिक्षक मेघराज केसी रहेका छन्।

‘एनएसएल दोस्रोपटक आयोजना हुँदैछ। यस्तो प्रकारको फुटबलहरू हामीले पनि सिकिरेहका छौँ,’ प्रशिक्षक केसीले भने, ‘सिक्ने अवसर जुनै क्लबमा भएपनि फरक पर्दैन।’

क्लबमा विकास कुथु, विराजन महर्जनजस्ता खेलाडीहरूले टोली बलियो देखिएको छ। इलाम एफसीले एनएसएलका लागि दुई हप्तादेखि तयारी थालेको थियो।

‘अन्य क्लबले जस्तै हामीले पनि चाडपर्व तथा विश्वकप छनोटले गर्दा तयारी सोचेको जस्तो भएन। हामीले दुई हप्तादेखि तयारी थालेका थियौँ।’ त्यस्तै मार्की खेलाडीको रुपमा रहेका विकासले भने, ‘मैले यहाँ आउँदा काठमाडौँ रेजर्सको जर्सीमा एउटा स्टार देखे त्यो बेला मेरो पनि योगदान रहेको थियो। त्यही एउटा स्टार इलामलाई दिने प्रयास रहने छ।’

पोखरा थन्डर्स

यस संस्करणमा पोखरा थन्डर्सका मार्की प्लेयर युवा खेलाडी आयुष घलान रहेका छन्। उनी एनएसएलको पहिलो संस्करणमा आयुष ट्यालेन्ट हन्टबाट छानिएका थिए। यस्तै क्लबमा प्रशिक्षक नवीन न्यौपाने रहेका छन्।

एनएसएलमा पोखरा थन्डर्सको मुख्य लक्ष्य भनेको क्यालिफायरमा पुग्ने लक्ष्य रहेको प्रशिक्षक न्यौपाने बताए। ‘हाम्रो पोखरा थन्डर्समा धेरै युवा खेलाडीहरू रहनु भएको छ। त्यस्तै नेपालमै खेलिरहेका विदेशी खेलाडीहरू रहेका छन्’, उनी भन्छन्, ‘हाम्रो पहिलो क्वालिफायरमा पुगेर सेमिफाइनल खेल्ने लक्ष्य रहेको छ।’

एनएसएलका लागि टोलीले १० नोबेम्बरदेखि प्रशिक्षण थालेको थियो। त्यस्तै आयुषले भने गत संस्करणमा पोखरा थन्डर्समा ट्यालेन्ट हन्टबाट आएका थिए। अहिले मार्की खेलाडी हुँदा अलिकति जिम्मेवारी महसुस भएको छ।

वीरगन्ज युनाइटेड

वीरगन्ज युनाइटेडका मार्की खेलाडकिो रुपमा दीप कार्की छन भने प्रशिक्षकको रुपमा सनोज श्रेष्ठ रहेका छन्। यो क्लबले पनि यस संस्करणदेखि एनएसएलमा डेब्यू गर्दैछ।

छोटो तयारीमा टोली राम्रो भएको प्रशिक्षक सनोजले बताए। ‘सबै क्लबले झैँ हामीले पनि लिगको लागि २-३ हप्तादेखि तयारी थालेको थियौँ, हामीले बुधबारमात्र पूरा टोली मिलेर तयारी गर्न पाऔँ,’ उनले भने। विरगन्जमा धेरै नयाँ खेलाडहिरु रहेका छन्।

त्यस्तै मार्की खेलाडीको रुपमा रहेका दीप कार्कीले भने। ‘म अरु क्लबको खेलाडीको रुपमा थिए तर अहिले मार्की खेलाडीको रुपमा रहेको छु, खेलाडी हुँदा र मार्की हुँदा केही भिन्नता हुन्छ,’ कार्किले भने, ‘विजेता हुने ने हो।’

बुटवल लुम्बिनी एफसी

त्यस्तै एनएसएलमा प्रतिस्पर्धा गर्ने अर्काे क्लब रहेको छ, बुटवल लुम्बिनी एफसी। जसका मार्की खेलाडीको रुपमा एरिक विष्ट तथा प्ररिक्षक विजय महर्जन रहेका छन्।

एनएसएल सुरु हुने दुई-दिन अघिसम्म पनि बुटबलले सबै खेलाडी मिलेर प्रशिक्षण गर्न पाएको थिएन्। ‘हामीले अन्य क्लबहरू जसरी अहिलेसम्म पूरा खेलाडी मिलेर प्रशिक्षण गर्न पाएका थिएनौँ,’ प्रशिक्षक महर्जनले भने तर, ‘हामीले शतप्रतिशथ दिने छौँ।’ मार्की खेलाडी एरिकले आफूले खेल्दै गरेको पोजिसनमा देख्न पाउने बताएका छन्।

ललितपुर सिटी एफसी

ललितपुर सिटी एफसीका मार्की प्लेयर हुन् अन्तत तामाङ। त्यस्तै प्रशिक्षकको रुपमा इयान आन्द्रे गियान रहेका छन्।

ललितपुर सिटी एफसीमा राष्ट्रिय टोलीका ४ खेलाडी रहेका छन्। ललितपुरलाई यसपटक बलियो टोलीको रुपमा हेरिएको छ। प्रशिक्षक गियानले आफ्नाे लक्ष्य पनि खेल जित्ने रहेको बताए। उनले भने, ‘यहाँ हरेक क्लबको हरेक प्रशिक्षकमाथि दबाब हुनेछ, खेल त्यति सजिलो हुने छैन्। हाम्रो लक्ष्य उपाधि जित्ने हो।’

धनगढी एफसी

धनगढी एफसीका मार्की खेलाडी आशिष चौधरी रहेका छन भने प्रशिक्षक युगलकिशोर राई रहेका छन्।

प्रकाशित मिति: : 2023-11-24 09:41:00

प्रतिकृया दिनुहोस्