साताका पन्ध्र तस्बिर: युद्धले उजाडिएकाे गाजादेखि बरफ बनेका नदीहरुसम्म

Breaknlinks
Breaknlinks

याे हप्तादेखि संसार चिस्सिइँदैछ। ठाउँ-ठाउँमा हिउँ परिरहेकाे छ। कतै-कतैका ताल तथा खाेला नालाहरु बरफ बनिरहेका छन्। यस सातादेखि संसारभर हिउँ र बरफका दृश्यहरु छरपस्ट देखिन थालेका छन्।

सांसर चिस्सिइरहँदा गाजा क्षेत्रमा भने ताताे धुवाँ उडिरहेकै छ। यद्धमा परेर मानिसहरु मरेका दृश्यहरु पनि बाहिरिने क्रम जारी छ। भने, कतै इजरायल-हमास युद्धविरामकाे कामना गर्दै प्रार्थनाहरु पनि गरिँदैछ।

यसै साता भारतमा भारी वर्षा हुँदा कयाैँ मानिसहरु अलपत्र परे।

र, योसँगै विश्वभरि छरिएका रोयटर्सका फोटो पत्रकारहरूले कैद गरेका केही उत्कृष्ट तस्बिरहरू:


१. बेलायतको लिभरपुलमा वार्षिक ५ किलोमिटर सान्ता ड्यासमा भाग लिँदै सान्ता क्लजको पोशाक लगाएका धावकहरू।

२. हेको एन कासा (घरमा बनाइएको) उत्सवको सार्वजनिक स्थानमा स्थापनाको भागको रूपमा एउटा फुल्ने पुतली चिलीको सान्टियागोमा।

३. व्यावसायिक स्कुटर सवार भिन्सेन्ट कुड्रना स्कुटर कलाबाजीको तालिम दिने क्रममा, सान डिएगो, अमेरिकामा।

४. प्रहरीको गाइड कुकुर पिङ्कि आफ्नो स्नातक समारोहमा प्रशिक्षकको साथ मेक्सिको सिटी, मेक्सिकोमा।

५. बाभेरिया र यसको राजधानी म्युनिख, जर्मनीमा भारी हिमपातको एक दिनपछि, एक व्यक्ति आइस्वाक नदीमा छालहरू सर्फ गर्दै।

६. एउटा भवनलाई सजाउने मूर्तिबाट हिउँ हटाउँदै मजदुर सेन्ट पिटर्सबर्ग, रसियामा।

७. मन्त्रिपरिषद्को बैठकपछि १० डाउनिङ स्ट्रिटको ढोकामा ल्यारी नामक बिरालो बेलायतको लन्डनमा।

८. दक्षिणी गाजा पट्टीको रफाहमा इजरायली सेनाले हमला गरेको स्थानमा आफ्नो भाइ बोकेको प्यालेस्टिनी बालक।

९. समुन्द्री आँधीपछि आएको भारी वर्षाले घरहरु डुबानमा परेपछि अलपत्र परेका मान्छेहरुलाई खानेकुरा दिँदै समाजसेवीहरु चेन्नई भारतमा।

१०. अज्ञात ब्यक्तिले गरेको गोली प्रहारपछि त्यो ब्यक्तिलाई पक्राउ गर्न पिछा गर्दै प्रहरी लस भेगास, अमेरिकामा।

११. हमास बन्दुकधारीहरूले कब्जा गरेपछि गाजा पट्टीमा बन्धकहरूको तस्विरसहितको सन्देश बोर्डमा पोस्टर राक्दै एक महिला इजरायलको तेल अवीवमा।

१२. रूसको ओम्स्कस्थित इर्टिस नदीको पुलमा गाडीहरु आफ्नो गन्तब्यतर्फ जाँदै, तल नदी हिउँले जमेको छ।

१३ पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प न्युयोर्क सहरको म्यानहट्टन बरोमा रहेको न्युयोर्क राज्यको सर्वोच्च अदालतमा ट्रम्प संगठन नागरिक धोखाधडी मुद्दामा उपस्थित हुँदै।

१४. सर्बियाको स्टोलोवी पहाडमा चर्दै जङ्गली घोडाहरू।

१५. ‘द कलर पर्पल’ नामक सिनेमाको प्रिमियर शो'मा सहभागी हुँदै गायक, गीतकार र अभिनेत्री एन्ड्रा डे लस एञ्जलस, अमेरिकामा।

प्रकाशित मिति: : 2023-12-09 10:00:00

प्रतिकृया दिनुहोस्