धादिङको त्रिशूली नदीमा दुई जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका–२ केउरेनीटार र गजुरी गाउँपालिका–६ बेल्खुमा दुई जनाको शव फेला परेको हो।
शवको अवस्था अवलोकन गर्दा उनीहरूको मृत्यु तत्काल भएको हुनसक्ने प्रहरीको अनुमान छ।