‘सरकारचाहिँ केही नगर्ने, सबै दाेष चालकमाथि थाेपरेर हुँदैन’

पछिल्लाे समय नेपालमा सडक दुर्घटना बढ्दाे छ। एकदिनकै अन्तरालमा दुई घटना घटिरहेकाे छ। गत शुक्रबार र शनिबार मात्रै भएकाे दुर्घटनामा करिब दुई दर्जन जनाकाे ज्यान गएकाे  छ भने ३३ जना त घाइते नै भएका छन्।

बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति साढे १० बजे राप्तीको पुलबाट नदीमा खस्दा १२ जनाकाे ज्यान गयाे भने बाँकी २४ जना घाइते भए।

र, त्यसैकाे भाेलिपल्ट शनिबार  ढोरपाटन नगरपालिका– ५ अस्तुमा ध १ ज १९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ९ जना घाइते भए।

तर त्याे सबै घटनाकाे दाेषी चालकलाई बनाइयाे। चालककाे लापारवाहीकै कारण दुर्घटना भएकाे ठहराइयाे। तर सडक दुर्घटनामा सधैं चालककाे मात्र दाेष नहुने  नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर बताउँछन्।

उनका अनुसार चालकलाई मात्र दाेष हुँदैन। सडककाे कारण पनि दुर्घटना निम्तिरहेकाे हुन्छ। तर त्यसमा कसैकाे चासाे भएकाे उनकाे गुनासाे छ।

‘सडक दुर्घटना हुनेबित्तिकै गाडी चालकलाई नै दाेष दिइन्छ तर सधैं चालक नै दाेषी हुँदैन’, नेपालका सडकबारे उनी भन्छन्, ‘हाम्राे देशकाे सडक नै राम्राे छैन अनि दाेषजति हामीलाई दिएर हुन्छ?’

गाडी चालकले जानाजानी कहिल्यै दुर्घटना गराउँदैनन्। तर सडककाे कारण पनि कयाैं सवारी दुर्घटना भइरहेकाे उनी बताउँछन्।

‘दुर्घटना भनेकाे कुनै याेजना गरेर बनाइएकाे हुँदैन। त्याे त अचानक हुने घटना हाे। तर दाेषचाहिँ चालककाे टाउकाेमाथि नै थुप्रिन्छ’, बिएल नेपाली सेवासँग उनले भने, ‘कुनचाहिँ ड्राइभर चाहन्छ र मान्छे मारेर जेल जान? के ड्राइभरकाे परिवार हुँदैन र? उनीहरू चाहिँ बाँच्न चाहदैनन् र?’

गाडी दुर्घटना हुँदा सबैभन्दा खतरा चालकलाई नै हुन्छ। त्यसैले दुर्घटनाकाे आरोप चालकमाथि लगाउनु गलत भएको उनी बताउँछन्। उनका अनुसार कुनै पनि ड्राइभर जानाजानी मृत्युकाे मुखमा जान चाहदैनन्।

‘यदी दुर्घटना हुन्छ भने त्यसको धेरै खतरा डाइभरमाथि हुन्छ। अनि कुन चाहिँ डाइभरले आफैंलाई मार्न खोज्छ र? डाइभरमाथि दोष थुपार्दैमा समस्याको समाधान हुन्छ र?’ सडक दुर्घटनामा चालकलाई दाेषी ठहराउनु कारण रहेकाे बताउने अध्यक्ष ले भने, ‘दुर्घटनाकाे जिम्मेवारी लिने काेही छैन। त्यसैले सधैं चालकलाई दाेषी बनाइन्छ।’

तर गाडीका चालकहरूलाई मात्र जेलमा थुनेर समस्या नटर्ने उनकाे दाबी छ।

सरकारकाे छैन चासाे

सडक दुर्घटनामा सरकारकाे पनि दाेष रहेकाे उनकाे ठम्याइ छ। सडक दुर्घटनामा अहिलेसम्म कयाैं मानिसहरूकाे मृत्यु भइसकेकाे छ। तर त्यसप्रति सरकारकाे कुनै चासाे छैन।

सरकारले अहिलेम्म यातायात क्षेत्रमा कुनै चासाे नदिएकाे बताउँदै उनी भन्छन्, ‘अहिलेसम्म याे क्षेत्रमा सरकारले के गरिररहेकाे छ? सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले कति बजेट छुट्याइदिएकाे छ र? सरकारले मात्र वेवास्ता गरिरहेकाे छ।’

सडकमा हुने दुर्घटना राेक्नका लागि सरकारले पनि अहम भूमिका निर्वाह गर्नुपर्ने स्वाँरकाे भनाइ छ।

सडक दुर्घटनामा ट्राफिक प्रहरीहरू पनि दोषी हुने उनी बताउँछन्। गत शुक्रबारकाे दुर्घटनाबारे उनी भन्छन्, ‘दुर्घटना भएकाे गाडी जहाँ राेक्किनुपथ्याे, त्यहाँ राेक्किएकाे थिएन। अर्थात् चेकिङ भएन। त्याे चेकिङ किन भएन? ट्राफिक प्रहरी सरकारी ड्रेसमा थिएन कि? हाेइन भने चेकिङ पाेस्टमा राेक्नुपर्ने गाडी कसरी पुलमा खस्याे? त्यसमा छानबिन हुनुपर्छ।’

दुर्घटनाकाे दाेष चालकमाथि लगाउनुकाे सट्टा छानबिन हुनुपर्ने उनकाे भनाइ छ। ‘एक्च्यूल कुरा थाह पाउनका लागि घटनाकाे छानबिन हुन जरूरी छ’, उनले भने, ‘अब सरकार याे क्षेत्रमा सिरियस हुनपर्छ।’

अब कुन–ठाउँमा कस्ताे र कसरी सवारी चलाउने भनेर नियम बनाउनुपर्ने महासंघका अध्यक्ष स्वाँर बताउँछन्।

‘सरकारले बाटाेकाे डिजाइन गर्नुपर्याे। कहाँ कुन रूट चल्ने र कसरी चलाउने भनेर। अनि मात्र सडक दुर्घटना न्यूनीकरण हुनसक्छ’, उनले भने। 

‘लाइसेन्स दिएरमात्र हुँदैन’

एउटै चालकले नन्–स्टप गाडी गुडाएकाे कारण दुर्घटना हुने गरेकाे जनविश्वास छ। तर त्याे सबै अफवाह भएकाे उनले बताए। लामाे–रूटकाे लागि फरक–फरक चालक छन्। 

२५०–३०० किलाेमिटरसम्म मात्र एउटा चालक सवारी गुडाउन पाउँछन्। भन्छन्, ‘एउटा चालकले गाडी थानकाेटसम्म चलाएर पुर्‍याएकाे छ भने त्याे ठाउँदेखि चालक परिवर्तन हुन्छ। दुर्घटनालाई राेक्नकै लागि त्यस्ताे बनाइएकाे हाे।’

विगतका समयमा लामाे–रूटका लागि एक जना मात्र चालक हुन्थे तर अहिले समय परिवर्तन भएकाे उनले स्पष्ट पारे।

साेहीअनुसार अब चालकहरूकाे लाइसेन्स पनि फरक हुनुपर्ने बताउँछन्,बिजयबहादुर स्वाँर। उनका अनुसार अनुभवी डाइभरकाे लागि छुट्टै लाइसेन्स बनाइदिनुपर्छ।

‘सबै चालकहरूलाई एउटै लाइसेन्स दिनुहुँदैन। अनुभवअनुसार लाइसेन्स दिनुपर्छ’, उनी सुनाउँछन्, ‘एउटा चालकले गल्ती गर्‍याे भने सबै चालककाे नाम जाेडिन्छ। तर प्रहरी प्रतिवेदनहरूमा सबैभन्दा धेरै माेटरसाइकल चालकले नै दुर्घटना निम्त्याइरहेकाे छ। तर दाेष सबै चालकमाथि थुप्रिन्छ।’

यातायात व्यवस्था विभागले लाइसेन्स मात्र दिएर हुँदैन। त्यसका साथै चालकहरूलाई प्राविधिक ज्ञान, नैतिक ज्ञान र यान्त्रिक ज्ञान पनि दिनुपर्ने उनकाेे सुझाव छ।

यातायात क्षेत्रलाई सबल बनाउन सरकारदेखि सर्वसाधारण सबै जनाले हाताेमाले गर्नुपर्ने बताउँदै उनी भन्छन्, ‘कसैले कसैलाई दाेष दिएर हुँदैन। अब छलफल गरेर दुर्घटना न्यूनिकरण गर्नुकाे विकल्प छैन।’ 

प्रकाशित मिति: : 2024-01-14 21:00:00

प्रतिकृया दिनुहोस्