प्रहरीको गलत अनुसन्धानको शिकार भएका थिए सानु कान्छा, अब कसरी बढ्ला अनुसन्धान ?

बाह्रखरी

कृष्ण सिंह लोथ्याल

ठमाडौंमै भएको एक हाईप्रोफाइल हत्या घटनामा प्रहरीको कमजोर अनुसन्धानका कारण एक अरोपी अनाहकमा जेल बस्नु परेको छ । पूर्वराजदूत केशवराज झा हत्याको अनुसन्धानमा प्रहरीकै कमजोर अनुसन्धानका कारण काभ्रे पनौतीका सानु कान्छा तामाङ्ग करिब २० महिना जेल बसेर छुटेको तथ्य खुलेको हो ।

हाल उनी दुई तहको अदातलबाट सफाई पाएपछि जेल मुक्त भएका छन् ।  तर, प्रहरीको अनुसन्धानमाथि भने गम्भीर प्रश्न उठेको छ । जघन्य प्रकृतिको घटनामासमेत काठमाडौं प्रहरीले हतासमा अनुसन्धान गर्दा यस्तो परिणामा देखिएको केही प्रहरी अधिकारीहरु नै स्वीकार गर्छन् ।

२०७५ साल भदौ ४ मा बबरमहलस्थित आफ्नै घरमा झा को हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सोही आरोपमा प्रहरीले झा कै घरमा काम गर्ने ५२ वर्षीय तामाङलाई पक्राउ गरेर अदातलमा पेस गरेको थियो त्यो पनि एकवर्ष पछि ।

काठमाडौं । काठमाडौंमै भएको एक हाईप्रोफाइल हत्या घटनामा प्रहरीको कमजोर अनुसन्धानका कारण एक अरोपी अनाहकमा जेल बस्नु परेको छ । पूर्वराजदूत केशवराज झा हत्याको अनुसन्धानमा प्रहरीकै कमजोर अनुसन्धानका कारण काभ्रे पनौतीका सानु कान्छा तामाङ्ग करिब २० महिना जेल बसेर छुटेको तथ्य खुलेको हो ।

हाल उनी दुई तहको अदातलबाट सफाई पाएपछि जेल मुक्त भएका छन् ।  तर, प्रहरीको अनुसन्धानमाथि भने गम्भीर प्रश्न उठेको छ । जघन्य प्रकृतिको घटनामासमेत काठमाडौं प्रहरीले हतासमा अनुसन्धान गर्दा यस्तो परिणामा देखिएको केही प्रहरी अधिकारीहरु नै स्वीकार गर्छन् ।

२०७५ साल भदौ ४ मा बबरमहलस्थित आफ्नै घरमा झा को हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । सोही आरोपमा प्रहरीले झा कै घरमा काम गर्ने ५२ वर्षीय तामाङलाई पक्राउ गरेर अदातलमा पेस गरेको थियो त्यो पनि एकवर्ष पछि ।

जिल्ला अदालतले झाको हत्या भएको ठहर गर्दै हत्या घटनामा आरोपी तामाङ संलग्न हो भन्ने आधार र प्रमाण नदेखिएको भन्दै उनलाई सफाई दिएको छ । तामाङलाई तत्कालीन अपराध महाशाखाले २०७६ भदौमा पक्राउ गरेको थियो । 

त्यो बेला भने अदालतलेसमेत उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, करिब दुईवर्ष पुर्पक्षका लागि थुनामा बसेपछि तामाङलाई जिल्ला अदालतका न्यायाधीस बद्रिप्रसाद ओलीको एकल इजलासले २०७७ चैत २३ मा सफाइ दिएको थियो । 

प्रकाशित मिति: : 2024-01-17 10:14:00

प्रतिकृया दिनुहोस्