बिएल संवाददाता
डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनकरूपमा पद छाड्ने निर्णय गरेपछि मङ्गलबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा शारीरिकरूपमा कमजोर नर्वेका राजा हेराल्डले पद छाड्ने कुनै योजना नभएको दोहोर्याएका छन्।
‘मैले सधैँ भनेको कुरामा अडिग छु, मैले स्टोर्टिङ (संसद्)को सपथ लिएको छु र यो जीवनभरका लागि हो’, युरोपका सबैभन्दा वृद्ध राजा हेराल्डको भनाइ उद्धृत गर्दै नर्वेली मिडियाले भनेको छ। आफ्ना छोरा युवराज हाकनसँगै ओस्लोमा नर्वेली प्रेस सेन्टरको भ्रमणका क्रममा उनले उक्त टिप्पणी गरेका हुन्।
राजगद्दीमा ३३ वर्षसम्म रहेका राजा फेब्रुअरी २१ मा ८७ वर्ष पुग्दै छन्। आफ्नो बढ्दो स्वास्थ्य समस्या तथा बढ्दो उमेरले टिप्पणीकारहरूलाई हेराल्डले आफ्नी ८३ वर्षीया टाढाकी बहिनी मार्गरेटको पाइला पछ्याउन सक्नेछन् भन्ने सम्भावनाका बारेमा अनुमान लगाउन प्रेरित गरेको छ।
बारम्बार कहिल्यै पद नछाड्ने कुरामा जोड दिँदै आएकी मार्गरेटले नयाँ वर्षको पूर्वसन्ध्याको सम्बोधनमा आफ्नो सबैभन्दा ठूलो छोरा फ्रेडरिकको पक्षमा पद त्याग्ने घोषणा गरेर डेनिसलाई स्तब्ध बनाएकी थिइन्।
बैशाखीको सहारामा हिँडडुल गर्ने राजा हेराल्डको केही समयअघि मुटुको शल्यक्रिया गरिएको थियो। श्वासप्रश्वाससम्बन्धी समस्या तथा सङ्क्रमणका कारण कमजोर स्वास्ञय अवस्थामा गुज्रिरहेका उनलाई अस्पतालमा भर्ना गरिरहनु पर्छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया