यू- १९ विश्वकप: साेचेकाे कुरा पूरा भयाे, सिक्ने क्रम जारी रह्याे

दक्षिण अफ्रिकामा जारी आइसिसी यू- १९ विश्वकप क्रिकेटकाे रमझम छाडेर नेपाली क्रिकेट टाेली साेमबार बिहान स्वदेश फर्कियाे।

समूह चरणका खेलमा राम्राे नतिजा निकाल्न नसक्दा नेपाली टाेली सुपर सिक्सका खेल अगावै प्रतियाेगिताबाट बाहिरिएकाे थियाे। नेपाल समूह चरणका तीनमध्ये एक खेल जितेर सुपर सिक्समा पुगेकाे थियाे। जुन, नेपाली टाेलीकाे पहिलाे लक्ष्य थियाे।

अनि, सुपर सिक्समा भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्दै महत्वपूर्ण अनुभव बटुलेर टाेली स्वदेश फर्कियाे।

सुपर सिक्सबाटै बाहिरिए पनि साेचे अनुसारकाे लक्ष्य प्राप्त भएकाे प्रशिक्षक जगत टमटाले बताए। ‘हामीले जुन लक्ष्य बोकेर गएको थियौँ, त्यो लक्ष्य पूरा हुँदा खुसी महसुस भएको छ’, उनले भने, ‘ओभरले परफर्मेन्स हेर्न हो भने एकदमै राम्रो भएको छ।’

त्यस्तै कप्तान देव खनालले पनि समग्रमा राम्राे प्रदर्शन गरिएकाे बताए। उनले भने, ‘विश्वकपमा समग्र टोलीले राम्रो प्रदर्शन गर्याे। सबैले आफ्नाे तर्फबाट आफ्नाे बेस्ट दिनुभयो।’

नेपालले प्रतिस्पर्धा गरेका पाँच टेस्ट राष्ट्रमध्ये अफगानस्तनलाई मात्र पराजित गरेकाे थियाे।

अफगानस्तानमाथिकाे जितले नै नेपाललाई सुपर सिक्समा पुर्याएकाे थियाे। कप्तान खनाल पनि त्याे जित शब्दमा वर्णन गर्न नसकिने खालकाे भएकाे बताए। ‘अफगास्तिानसँगको जित त म वर्णन नै गर्न सक्दिनँ। लास्ट विकेट बाँकी थियो, हाम्रो मनस्थिति नै जित्नु थियो। मलाई सुभास भण्डारीमाथि भरोसा थियो, उसले प्रतियोगिताभर राम्रो प्रदर्शन गरेको थियो र अफगानस्तानले हामीलाई यति सानो लक्ष्य फेरि कहिले दिँदैन भने कुरा सोचेर अघि बढेयौँ’, देवले भने।

सुभास भण्डारीको धैर्यतापूर्ण ब्याटिङले नेपालाई जित दिलाएकाे उनी बताउँछन्।

त्यस्तै उक्त खेलमा आकाश चन्दकाे पनि भूमिका महत्वपूर्ण रह्याे। चन्दले एक्लै ५ विकेट लिएका थिए। त्याे क्षणलाई चन्द अहिले पनि स्मरण गर्छन्। ‘अफगानस्तानविरुद्ध मैलै ५ विकेट लिएँ भन्दा मलाई पहिला विश्वास नै लागेको थिएन। अफगानस्तानले हामीलाई कम लक्ष्य दिएको थियो। हाम्रो योजना नै अफगानस्तानलाई हराउनु थियो, त्यही योजनासहित मैदान उत्रियौँ र नतिजा हाम्रो हातमा परिहाल्यो’, चन्दले भने।

कप्तान खनालले भने प्रतियाेगितामा साेचेअनुसार प्रदर्शन गर्न नसके पनि धेरै कुरा सिक्न माैका मिलेकाे बताए। ‘म एकदम निराश भएको छु, मैले हरेक म्याचमा राम्रो मौका पाइरहेको थिएँ, म हरेकजस्तो खेलमा ३०-३५ रन बनाएर आउट भएरहेँ’, कप्तान देवले भने, ‘अहिले सिक्ने चरणमै छु तर विश्वकपबाट मैले धेरै कुरा सिक्ने मौका पाए।’

नेपाली राष्ट्रिय टोलीका अलराउन्डर गुलशन झाले पनि यू- १९ विश्वकपमा आफूले आफूलाई चिनाउने एउटा मौका पाएका थिए। तर, गुलशनले भने विश्वकपमा अपेक्षा अनुरुप प्रदर्शन गर्न सकेनन्। उनले पाँच खेलमा जम्मा २५ रनमात्र बनाए।

उनले विश्वकपमा धेरै कुरा सिक्ने मौका पाएको र आफ्नाे ब्याटिङ भने सोचेको जस्तो नभएको सुनाए। भने, ‘मैले विश्वकपमा धेरै कुरा सिक्ने अवसर पाएँ तर मैले अपेक्षा गरेको जस्तो विश्वकपमा चाहिँ प्रदर्शन गर्न सकिनँ, अब यो कुरा सबै साइडमा राखेर फेरि राम्रो प्रदर्शन गर्नेछु।’

त्यस्तै आकाश चन्दले विश्वकपबाट धेरै कुरा सिक्ने माैका पाएकाे बताए। ‘विश्वकपको अनुभव एकदमै राम्रो भयो। हाम्रो टोलीले राम्रै प्रदर्शन गर्याे। मैले आफूले सोचेजस्तै प्रदर्शन गर्न सकेँ, अब आगामी दिनमा अझै राम्रो गर्नेछु’, उनले भने।

नेपाल समूह चरणमा न्युजिल्याण्डसँग ६४ रन तथा पाकिस्तानसँग ५ विकेटले पराजित भएकाे थियाे। भने, सुपर सिक्सकाे पहिलाे खेलमा बंगलादेशसँग ५ विकेट तथा भारतसँग १३२ रनले पराजित भएकाे थियाे।

प्रकाशित मिति: : 2024-02-05 18:06:00

प्रतिकृया दिनुहोस्