आइसीसी लिग–२ : नेपाल नामिबियासँग ४ विकेटले पराजित

आइसीसी लिग–२ अन्त्रगत भएको नेपाल र नामिबियाबीचको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। बिहिबार त्रिवी क्रिकेट मैदानामा भएको खेलमा नेपाललाई पराजित गर्दै नामिबियले विजयी सुरुआत गरेको छ। 

जितको लागि १३३ रनको लक्ष्य पाएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। 

नामिबियाको लागि जान फ्रिलिंकले सर्वाधिक ३४ रन बनाएर पेभिलियन फर्किए। नामिबियका ओपनर निकोलस डाभीन १५ रन बनाएर आउट भए। उनले १६ बलमा २ चौका प्रहार गरे। निकोलस ललितको बलका कुशल भुर्तेलबाट क्याच आउट भएका थिए।

नामिबियाले दोस्रो विकेटको रुपमा माइकल भान लिंगेनलाई गुमायो। उनलाई पनि नेपालका ललितले आउट गरे। माइकल ३३ बलमा २३ रन बनाएर पेभिलियन फर्किए। उनले ३३ बलमा ३ चौका प्रहार गरे।

नामिबियाका कप्तान जेरार्ड एरास्मस ८, जेन ग्रिन २, लोफ्टि इटन ३१ रन बनाएर आउट भए। 

नेपालको लागि सोमपाल कामिले सर्वाधिक ३ विकेट लिए। ललित राजवशिले २ विकेट लिदा कप्तान रोहित पौडेलले १ विकेट लिए।

त्यसअघि टस् हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको थियो। नेपालको लागि  भिम सार्कीले सर्वाधिक ४४ रन बनाएर आउट भए। भिमले  ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरे। 

नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै शून्य रन बनाएर आउट भएका थिए। अनिल साह ८ रन अशिफ शेख ४ बनाएर आउट हुँदा कप्तान रोहित कुमार पौडेल १  रनमै पेभिलियन फर्किएका थिए।

यस्तै नेपालका कुशल मल्ल १५, सोमपाल कामी २, गुलश झ २१,पवन सराफ्फ १२, करण केसि १६ रन बनाएर आउट हुँदा ललित राजवंशी शुन्य रन बनाउँदै नटआउट रहेका थिएम

नामिबियाको लागि कप्तान जेरार्ड एरास्मसले सवाधिक ५ विकेट लिदा  रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसल समान २–२ विकेट लिए। नामिबियका लोफ्टि इटनले १ विकेट लिए।

नेपालले अब शनिबार नेदरल्यान्डस्सँग खेल्दै छ।

प्रकाशित मिति: : 2024-02-15 15:23:00

प्रतिकृया दिनुहोस्