तेजन खड्का
मोरङको बेलबारीमा ट्रिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
बेलबारी नगरपालिका– ३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएकाे हाे।
मृत्यु हुनेमा झापाको कमल गाउँपालिका– २ का ५२ वर्षीय यदुकान्त भट्टराई, कमल गाउँपालिका– ४ की ४४ वर्षीया दीपा खानाल र झापाको बिर्तामोड नगरपालिका– २ का ३६ वर्षीय कृष्ण गजुरेल रहेकाे प्रहरीले जनाएकाे छ।
दुर्घटना गम्भीर घाइते भएका यदुकान्त र दीपाको विराटनगरस्थित कोशी अस्पताल तथा कृष्णको विराटनगरकै न्युरो अस्पतालमा मृत्यु भएको हो।
पूर्वबाट पश्चिम गइरहेको सुमो गाडीलाई ओभरट्याग गर्ने क्रममा ट्रिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।
मे १ झ २८५६ नम्बरको सुमो गाडीलाई प्रदेश ०२–००१ ख ९६७६ नम्बरका ट्रिपरले ठक्कर दिएको थियो।
ठक्करपछि गाडी प्रदेश ३ क ००१ ख २७१८ नम्बरको यात्रुबाहक बसमा समेत ठक्कर खाएको थियो।
बुलेरोमा ५ जना रहेको तीन जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटना गराउने ट्रिपर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया