उपाधि जित्नबाट चुक्याे नेपाल, १६ ओभरमै अलआउट

त्रिकाेणात्मक टि- २० सिरिजकाे उपाधि जित्नबाट नेपाल चुकेकाे छ।

हङकङमा बुधबार भएकाे फाइनल खेलमा नेपाल पपुवा न्युगिनी (पिएनजी)सँग ८६ रनले पराजित भयाे।

पिएनजीले दिएकाे १७२ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १६.३ ओभरमा ८५ रनमा अलआउट भयाे।

पिएनजीका बलरकाे कसिलाे बलका अगाडि नेपाली ब्याटरहरु चल्न सकेन्।

कप्तान राेहितकुमार पाैडेलले १२, आरिफ शेखले १५, सुन्दीप जाेराले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दाेहाेराे अंक जाेड्न सकेनन्।

पिएनजीका काबाउ माेराए, सेमाे कामाेए, चढ साेपेर र सेसे बाउले समान २- २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे पिएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएकाे थियाे।

पिएनजीका टाेनी उराले अर्धशतक प्रहार गरेका थिए।

प्रकाशित मिति: : 2024-03-13 14:56:00

प्रतिकृया दिनुहोस्