इलाम-२ काे उपनिर्वाचनमा गुरुङलाई उठाउने राप्रपाकाे निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार चयन गरेको छ। 

राप्रपाले इलाम-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनमा लक्ष्मी गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

पार्टीको बिहीबार बसेको संसदीय समितिको बैठकले गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको हो।

इलाम २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति: : 2024-03-28 14:00:00

प्रतिकृया दिनुहोस्