बागमतीकाे मन्त्री बनेका बज्रचार्यलाई हाम्रो नेपाली पार्टीले कारबाही गर्ने

Photo - NPK
Photo - NPK

हाम्रो नेपाली पार्टी (हानेपा) ले प्रदेशमा हालै नियुक्त भएका पार्टीका मन्त्रीलाई कारबाही गर्ने भएको छ।

बिहीबार मात्रै बागमती प्रदेश सरकारमा सहभागी भएका प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई हानेपाले कारबाही गर्ने निर्णय गरेकाे हो।

शुक्रबार प्रदेश राजधानी हेटौँडामा आकस्मिक पत्रकार सम्मेलन गर्दै सो पार्टीका केन्द्रीय अध्यक्ष अनन्तराज घिमिरेले पार्टीकाे निर्णयविरुद्ध गएकाे भन्दै बज्राचार्यलाई कारबाही गर्ने जनाएका हुन्।

बज्राचार्य बिहीबार मात्रै प्रदेशको संकृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भएका थिए। उनी सत्ता साझेदार दलहरुसँग ५ बुँदे सहमति गर्दै सरकारमा सहभागी भएका हुन्।

प्रकाशित मिति: : 2024-03-29 10:46:00

प्रतिकृया दिनुहोस्