काँग्रेस सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको अडानमा कायम

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ।

सोमबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।

साथै काँग्रेसले मंगलबार संसदीय कार्यसमिति र संसदीय दलको बैठक बसेर थप निर्णय गर्ने समेत उनले जानकारी दिए।

काँग्रेसले संसदीय छानबिन समितिको माग गर्दै अब बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ। संसदको अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ।


गृहमन्त्री लामिछानले राजीनामा नदिए संसद चल्न नदिने काँग्रेसकाे अडानपछि सभामुखले छलफल गर्न बाेलाए चार दलका शीर्ष नेता

प्रकाशित मिति: : 2024-04-08 11:41:00

प्रतिकृया दिनुहोस्