काँग्रेसले भन्यो– रविमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ, नत्र संसद चल्न दिदैनौँ 

काँग्रेसले बहालवाला गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरे संसद चल्न नदिने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको पार्टीको संसदीय दलको बैठकले छानबिन समिति गठन नभए संसद चल्न नदिने निर्णय गरेको काँग्रेसका प्रमुख सचेत रमेश लेखकले जानकारी दिए।

संसद बैठक अहिले बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर यो समाचार तयार (सवा ११) पर्दासम्म संसद सुरु भएको छैन। 

काँग्रेसले संसदीय समिति गठन नभएपछि उत्पन्न हुने अवस्थाको जिम्मेवार सरकार हुने चेतावनी दिएको छ। 

रविमाथि पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम सहकारीलगायतको रकम हिनामिना गरेको आरोप छ। 

सोही आरोपमाथि छानबिन गर्न काँग्रेसले संसदीय छानबिन समिति गठन हुनुपर्ने गएको तीन हप्तादेखि माग गर्दै आइरहेको छ। 

प्रकाशित मिति: : 2024-04-09 11:10:00

प्रतिकृया दिनुहोस्