अमेरिकामा प्राकृतिक ग्यासको साप्ताहिक भण्डारण बढ्ने : इआइए

अमेरिकी ऊर्जा सूचना प्रशासन (इआइए) ले अप्रिल ५ को अन्त्य भएको सातामा संयुक्त राज्य अमेरिकामा कार्यशील ग्यास भण्डारण दुई हजार दुई सय ८३ अर्ब घनफिट (घन फिट प्राकृतिक ग्यास आपूर्तिको लागि मापनको मानक एकाइ) रहेको बताएको छ। यो अघिल्लो साताको तुलनामा २४ अर्ब घनफिटले बढेको इआइएले जनाएको छ।

प्राकृतिक ग्यास भण्डारण प्रतिवेदनमा कूल कार्यशील ग्यास भण्डारण गत वर्षको तुलनामा २३ दशमलव पाँच प्रतिशतले बढेको र पाँच वर्षको औसतमा ३८ दशमलव चार प्रतिशतले बढेको उल्लेख छ।

कार्यशील ग्यासलाई भूमिगत भण्डारण गरिएको प्राकृतिक ग्यासको मात्राको रूपमा परिभाषित गरिएको र यसलाई प्रयोगका लागि निकाल्न सकिन्छ। ‘डिजाइन क्षमता’ र ‘अधिकतम काम गर्ने ग्यास क्षमता प्रदर्शनका’ आधारमा यसको भण्डारण क्षमता मापन गर्न सकिन्छ।

प्रकाशित मिति: : 2024-04-12 19:44:00

प्रतिकृया दिनुहोस्