गृहमन्त्री लामिछानेलाई जाेगाउँदा प्रहरीकाे इज्जतमा दाग लाग्ला- पूर्वडिआइजी मल्ल (अन्तर्वार्ता)

डिल्ली पाण्डे

काठमाडाैं

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत चैत ६ गतेकाे प्रतिनिधिसभाकाे बैठकमा राेष्टममा उभिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा अनुसन्धान गर्न आवश्यक नदेखिएकाे बताएका थिए।

गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी गरेकाे भन्दै कास्की जिल्ला प्रहरीमा उजुरी परेकाे प्रशंग उठाउँदै प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘जाहेरीमा उहाँ (रवि) सहकारी हिनामिनामा संलग्न भएको कुनै पनि आधार प्रमाण पेस गरिएको छैन। एकपटक अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर भइसकेको मुद्दामा यस्तो आधार प्रमाण बिनाको जाहेरी पुनः दर्ता गर्न आवश्यक नै हुँदैन।’

त्यसकाे आठ दिनपछि प्रहरी प्रमुख (आइजिपी) वसन्तबहादुर कुँवरले प्रधानमन्त्रीकाे भनाइमा बल पुग्ने गरी सहकारी प्रकरणमा रवि लामिछानेकाे तथ्य प्रमाण नभेटिएकाे दाबी गरेका थिए।

गत चैत १४ गतेकाे प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडुले उठाएकाे प्रश्नकाे जवाफ दिँदै आइजिपी कुँवरले भनेका थिए, ‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ। तर, अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन। कानुनको दायरामा पनि पर्ने अवस्था आएन।’

देशकाे प्रधानमन्त्री र प्रहरी प्रमुखले यी अभिव्यक्तिहरु दिइरहँदा रवि लामिछाने संलग्न रहेका भनिएका सहकारीहरुमाथि अनुसन्धान जारी थियाे।

जसअन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमाथि अनुसन्धान सकेर साेमबार रुपन्देही जिल्ला अदालतमा अभियोगपत्र पेस गरेकाे छ। उक्त अभियाेगपत्रमा गृहमन्त्री लामिछानेले प्रक्रिया नपुर्‍याई २ कराेड ऋण लिएकाे उल्लेख छ।

तर, प्रहरीले गृहमन्त्री लामिछानेकाे नाम नै उल्लेख नगरी गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेको छ। तर, अभियोगपत्रमा २ करोड लिएका लामिछानेको नाम भने राखिएको छैन।

गृहमन्त्री लामिछानेले प्रक्रिया नपुर्‍याई २ कराेड ऋण लिएकाे पुष्टि हुँदा हुँदै उनकाे बचाऊमा नेपाल प्रहरी लागेपछि अब प्रहरी प्रशासनकाे भविष्य के हाेला? आमनागरिकले प्रहरीलाई हेर्ने नजर कस्ताे हाेला? कतै सुन प्रकरणमा जस्तै प्रहरी अनुसन्धान अधिकृतहरु फस्ने त हाेइनन्? अब प्रहरी प्रमुख कुँवरले के गर्नु पर्ला?, के रवि लामिछाने अझै पनि पदमा बसिरहन नैतिकताले देला? यी र यस्तै प्रश्नहरुमा रहेर नेपाल प्रहरीका पूर्वडिआइजी तथा सुरक्षाविद् हेमन्त मल्लसँग बिएलकर्मी डिल्ली पाण्डेले कुराकानी गरेका छन्।

प्रस्तुत, छ पूर्वडिआइजी मल्ल र बिएलकर्मी पाण्डेबीचकाे भिडियाे कुराकानी:

भिडियाे :

प्रकाशित मिति: : 2024-04-16 20:12:00

प्रतिकृया दिनुहोस्