कतारका अमिर (राजा) शेख तामिम विन हमद अल थानीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई मंगलबार अपरान्ह ५:३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने भएका हुन्।
कतारका अमिर थानी दुई दिने राजकीय भ्रमणका क्रममा मंगलबार काठमाडौँ आउँदैछन्। सो अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा समेत दिएको छ।