महोत्तरीमा भीषण आगलागी, सयौँ घर जले

महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ।

बुधबार दिउँसा भएकाे आगलागीबाट सयौँ घर जलेर नष्ट भएका छन् भने करौडौँ रुपैयाँको क्षति भएको पारम्भिक अनुमान गरिएको छ।

नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार झन्डै २ वजेबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन। नगरप्रमुख मण्डलले आफ्नो फेसवुकवाट आगलागी भएको जानकारी दिदै सवैलाई सहयोगको लागि अपिल गरेका छन्।

मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय मधेस प्रदेशका बारुणयन्त्र ,नेपाली सेना, नेपाल प्रहरी, सस्शस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारी, प्रमुख जिल्ला अधिकारी सहायक, प्रमुख जिल्ला अधिकारीलगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुख र स्थानीयहरुद्वारा आगो नियन्त्रणमा लिने प्रयास गरेतापनि नियन्त्रणमा आउन सकेको छैन।

प्रकाशित मिति: : 2024-04-24 16:53:00

प्रतिकृया दिनुहोस्