सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेकाे छ। 

आइतबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा तोकिएको पेसी ‘हेर्न नमिल्ने’ सूचीमा राखिएकाे हाे।

यसअघि पटक पटक 'हेर्न नभ्याइने' मा परेको थियाे। सन्दीपकाे मुद्दामा यसअघि झगडिया झिकाउन र गौशालाको जन्ममितिको विवरण झिकाउन आदेश दिइएको थियो।

काठमाडौँ जिल्ला अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो। जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत गएका हुन्।

प्रकाशित मिति: : 2024-05-05 11:57:00

प्रतिकृया दिनुहोस्