ठमेलकाे २ होटलमा सीआईबीकाे छापा, तीन जना पक्राउ

नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौँको ठमेलस्थित २ होटलमा छापा मारेको छ।

सीआईबीको टोलीले ठमेल होटल ज्याङ्सुमा छापा मारेर ३७ लाख ८५ हजार ८ सय ५० रुपैयाँसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

त्यसैगरी ब्यूरोको टोलीले होटल छेन्दुबाट दिपेन्द्र श्रेष्ठलाई ९ लाख नगद रुपैयाँसहित पक्राउ गरेको छ। साथै साेही होटलबाट एक चिनियाँ नागरिकसमेत पक्राउ परेका छन्।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरेको ब्यूरोका प्रवक्ता एसपी होमेन्द्र बोगटीले बताए।

उनीहरूमाथि हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको बताइएकाे छ।

यसअघि होटल भियना र दावा छिरिङकाे नाम भएकाेमा सच्याइएकाे छ।- सम्पादक

याे पनि...
प्रकाशित मिति: : 2024-05-07 11:53:00

प्रतिकृया दिनुहोस्