भुवन केसी
दाङको देउखुरीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा रोल्पाको गंगादेब गाउँपालिका–६ ताप्ला बजारका ५४ वर्षीय विरबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लुम्बिनी ए.ए.ए ८७०० नम्बरको सरकारी मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको रा३प ८२४५ नम्बरको मोटरसाइकल बुधबार दिउँसो पौने २ बजे लमही नगरपालिका–१ नर्तीमा एकआपसमा ठोक्किँदा तीनजना घाइते भएका थिए।
घाइतेमध्ये खड्काको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हाे। सोही ठाउँका ५७ वर्षीय कमानसिंह खत्री र रुपन्देहीको गैडहवा गाउँपालिका–७ छत्रपुरुवाका ३१ वर्षीय अजय मिश्रको अहिले उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया