गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

File Photo
File Photo

सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न आदेश दिएकाे हो।

अधिवक्ता भट्टराईले दायर गरेको रिट मंगलबार सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो।​ उक्त दरपीठविरुद्ध अधिवक्ता भट्टराईले मंगलबार दिएकाे निवेदनमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश ढुंगानाको इजलासले लामिछाने र पोखरेलविरुद्धकाे रिट दर्ता गर्न आदेश दिएको हो।

सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछाने 'दोषी नरहेको आशय' को पत्र दिएकाे थियाे। उक्त पत्रको वैधतामाथि प्रश्न उठाउँदै भट्टराईले रिट निवेदन पेश गरेका थिए।

प्रकाशित मिति: : 2024-05-22 17:59:00

प्रतिकृया दिनुहोस्