
बिएल संवाददाता
पाकिस्तानले टी- २० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ।
आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी- २० विश्वकपका लागि पाकिस्तानले बाबर आजमको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो।
विश्वकप खेल्ने पाकिस्तानी टिममा बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, हरिस रोउफ, इफ्तिखार अहमद, इमाद वासिम, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद आमिर, मोहम्मद रिजवान, नसीम शाह, साइम अयुब, शादाब खान, शाहीन शाह अफ्रिदी तर उसमान खान रहेका छन्।
टी- २० विश्वकपमा पाकिस्तान समूह ए मा रहेको छ। समुह ए मा पाकिस्तानसहित भारत, क्यानडा, आयरल्याण्ड र अमेरिका रहेका छन्।
पाकिस्तानले विश्वकपमा पहिलो खेल जुन ६ मा आयोजक अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ। त्यस्तै दोस्रो खेल चीरपरिचित प्रतिद्वन्दी भारतसँग जुन ९ मा हुने छ। भने, तेस्रो खेल क्यानडासँग जुन ११ मा खेल्ने छ।
त्यस्तै समूह चरणको चौथो तथा अन्तिम खेल जुन १६ मा आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया