बिएल संवाददाता
सिन्धुलीमा डलर साट्ने प्रलोभन देखाई नगद १८ लाख रूपैयाँ ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्।
बाह्रबिसे नगरपालिका-३ बस्ने २४ वर्षीय श्याम तामाङसहित ३ जनालाई ठगीको रकमसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे।
गोलन्जोर गाउँपालिका-७ लौकुनमा इलामका ४४ वर्षीय पुरूषलाई अपरिचित व्यक्तिहरूले डलर साट्ने प्रलोभन देखाई पीडितको १८ लाख रूपैयाँ ठगी गरी २० रूपैयाँका नोटहरू तथा सादा कागजका टुक्राहरु दिई फरार भएको भन्ने सूचानाको आधारमा इलाका प्रहरी कार्यालय खुर्कोट र अस्थायी प्रहरी पोष्ट हैवारबेसीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूकाे साथबाट ठगी गरेको रकम १८ लाख रूपैयाँ, नेपाली रूपैयाँ २० दरको ६९ थान, अमेरिकी डलर १ दरको २ सय ३७ थान र उनीहरूले प्रयोग गरेको २ वटा मोटरसाइकल बरामद गरिएकाे छ।
हाल फरार रहेका अन्य १ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया