
जिन्दगीमा माया हुन्न, सधैं भरी
एकदिन आफ्नै छाँया हुन्न, सधैं भरी
एकचाेटी पालाे आउँछ सबैकाे
दैब पनि बाँया हुन्न, सधैं भरी
झूटा थिए तिम्रा ती मिठा–मिठा शब्दहरू
कसम किन खाया हुन्न, सधैं भरी
आफू भलाे त जगत भलाे भन्छन्
गुन किन लाया, सधैं भरी
आजकल भाग्य हेर्छन् केहि गर्नुभन्दा पहिले
भाग्य लेखी पाया हुन्न, सधैं भरी
हस्ताक्षर गजल
१ .
२ .
३ .
४ .
५ .