काठमाडौँ महानगरकाे नगरसभा स्थगित, एमाले-काँग्रेसले बैठक अवराेध गरेकाे मेयर बालेनकाे गुनासाे

Break n Links
Break n Links

आज बस्ने भनिएकाे काठमाडाैँ महानगरपालिकाकाे नगरसभा बैठक स्थगित भएकाे छ। मेयर र जनप्रतिनिधिहरुकाे विवादपछि सूचना टाँसेर नगरसभा स्थगित गरिएकाे हाे।

नीति तथा कार्यक्रम र बजेटबारे छलफलका लागि मेयर बालेन्द्र साह (बालेन)ले बैठक बाेलाएका थिए। तर, विवाद उपन्न भएपछि बैठक सञ्चालन हुन सकेन।

बैठक स्थगित भएपछि मेयर बालेनले एमाले-काँग्रेसलगायत दलका जनप्रतिनिधिहरुका कारण नगरसभा स्थगित गर्नु परेकाे गुनासाे गरेका छन्।

उनले भनेका छन्,-

एमाले काङ्ग्रेसले बिपि कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो। मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ।

सायद काङ्ग्रेस एमालेलाई नेपालको क्रान्तीमा उहाँहरुभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नुभयो होला।

त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो।

प्रकाशित मिति: : 2024-06-28 13:00:00

प्रतिकृया दिनुहोस्