बिहिबार, १० जुलाई २०२५

नेकपा एसकाे महाधिवेशन: झलनाथको नेतृत्वमा अध्यक्ष मण्डल गठन, मतदान इलेक्ट्रोनिक मेसिनबाट

Break n Links
• • •

नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदैछ।  

आइतबारदेखि काठमाडाैँमा सुरू भएकाे महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र सुरु हुन लागेकाे हाे।

महाधिवेशनको सन्दर्भमा नेकपा एसले विभिन्न कमिटी गठन गरेकाे छ।

जसअन्तर्गत सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएकाे छ।

यसैगरी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट र नेताहरू डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ।

एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गर्ने निर्णयसमेत गरेकाे छ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?