बिएल संवाददाता
बाँकेमा फेरि एकपछि अर्को आपराधिक घटना बढ्न थालेका छन्।
नेपालगञ्ज बजार क्षेत्रभन्दा केही दुरीमा रहेको कम्दी मिलनचौकमा नारायण डाँगी समूहका युवाहरुले स्थानीय रियाजुद्दिन खानमाथि खुँडा प्रहार गरेका छन्।
यसअघिसमेत अनुराग शाहमाथि खुँडा प्रहार गरेको उक्त समूहले फेरि रियाजुद्दिन खानमाथि आक्रमण गरेका हुन्। शाहको भारतस्थित लखनउमा लामो समय उपचार चलेको थियो।
बाँकेको राप्ति सोनारी अगैया क्षेत्रमा बस्ने डाँगी समूहले डुडुवा गाउँपालिकास्थित कम्दीमा रियाजुद्दिन खानमाथि सामूहिक आक्रमण गरेको बुझिएको छ।
शुक्रबार राति करिब ९ :३० बजे पुगेको डाँगी समूहले रियाजुद्दिन खानमाथि सांघातिक आक्रमण गरेको थियो।
उक्त घटनापछि स्थानीयवासीहरुले शनिबार कम्दीमा टायर बालेर विरोध प्रदर्शन गरेका छन्।
घटनाका दोषीलाई पक्राउ गरी आवश्यक कारवाही नहुँदासम्म आफूहरु चुप नलाग्ने भन्दै स्थानीवासी आन्दोलित भएका छन्। यसअघिका घटनामा पक्राउ परेका डाँगी अदालतबाट धरौटीमा रिहा भएका थिए।

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया