दिगाे
ए मेरो गुरु
तपाईंले मुखमा
पुकार चपाउँदै चपाउँदै
स्वास्थ्य तथा शारीरिक शिक्षा पढाएको हो नि
मलाई अहिले पनि याद छ
तपाईंले थुक्दा थुक्दा
रातो भएको त्यो कक्षा कोठाको कुना
मलाई त्यो पनि याद छ
तपाईंले त्यो नजिकैको मेलामा
रक्सी खाएर बोलेको
त्यो गाउँका डुम भनेर दलितलाई भनेको
म तपाईंलाई के को संज्ञा दिऊ
पुकार खाँदै स्वास्थ्य पढाउने शिक्षक
कि
सामाजिक पढाउने
रक्सी खाँदै गाउँ-गाउँ मेलापात कराउने
शिक्षक कि
भेदभाव गर्ने एक शिक्षक
ए मेरो
विज्ञान पढाउने गुरु
ढुङगाको सरस्वती पुज्न
तपाईंले सिकाएको हो नि
के को संज्ञा दिऊ तपाईंलाई
विज्ञान शिक्षकको को कि
अन्धविश्वास फैलाउन पुजारीको
बोल्नुहोस्, भन्नुहोस् मेरो गुरु
तपाईंको वास्तविक परिचय के हो
धन नभए बाच्न नसकिने संसारमा
तपाईंले बाँढेको अंकगणितको ज्ञानले
एक बोतल पानीको मूल्य तोकेछ
एक गरीबले
त्यही पानी पिउन ऋण बोकेछ
त्यसैले
मलाई लाग्दछ
ए मेरा शिक्षक
गुरु त स्वयम् जीवन हो
प्रकृति स्वयम् ज्ञानको भण्डार हो
मानव त मात्र एक झिनो शिष्य हो
(रुकुम (पश्चिम)काे आठबिसकोट नगरपालिका वडा न. १० घर भएका लेखक हाल सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा स्नातक तह तेस्रो वर्षमा राजनीतिक शास्त्र अध्य्यन गर्दैछन)
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया