एक्सले ब्राजिलमा बन्द गर्‍याे आफ्नो कार्यालय

सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर)ले ब्राजिलमा तत्कालदेखि लागू हुनेगरी आफ्नो कार्यालय बन्द गर्ने घोषणा गरेको छ।

ब्राजिलमा रहेका आफ्ना कानुनी प्रतिनिधिलाई सेन्सरशिप आदेशहरूको पालना नगरेमा पक्राउ गर्ने धम्की दिएको आरोप लगाउँदै एक्सले ब्राजिलमा आफ्नो अप्रेशन बन्द गर्ने घोषणा गरको जनाएको छ।

ब्राजिलमा अहिले अदालतको आदेशपछि एक्समाथि प्रतिबन्ध लगाइएको छ भने निजी जानकारी सरकारलाई दिनुपर्ने शर्त अगाडि सारिएको छ।

ब्राजिलमा आफ्नो कार्यालय बन्द रहेपनि ब्राजिलका जनताका लागि एक्स भने उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ।

प्रकाशित मिति: : 2024-08-18 13:11:00

प्रतिकृया दिनुहोस्