बिएल संवाददाता
सलोन-सलिना फिल्मस् प्रालिको व्यानरमा चलचित्र ‘रंगी’ निर्माण हुने भएको छ। सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ।
निर्देशक न्यौपानेसँग चलचित्र ‘छक्का पन्जा’ ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका चलचित्रमा मुख्य सहायक निर्देशनको अनुभव छ। निर्माण पक्षले चलचित्रको पोस्टर सार्वजनिक गरेको छ। जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ।
उनीहरु बाबुछोरी रहेको अनुमान लगाउन सकिन्छ। पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ। चलचित्रले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ। सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ।
चलचित्रमा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन्। चलचित्रका लागि कलाकार फाइनल भइसकेका छैनन्। चलचित्रको छायांकन असोज ११ गतेदेखि काठमाडौँबाट सुरु हुनेछ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया