बिएल संवाददाता
नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।
यसअघि गत भदौ २६ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो। त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया