बिएल संवाददाता
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सचेतक नीमा गिरीले पदबाट राजीनामा दिएकी छन्।
सोमबार उनले संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएकी हुन्।
राजीनामा दिनुको कारणबारे उनले विविध कारण भनेकी छन्। तर के कारण हो, त्यो भने खुलाएकी छैनन्।
‘विविध कारणले आगामी दिनमा सचेतकको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको हुँदा पदबाट राजीनामा दिएकी छु’, उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन्।
गिरीले विविध कारण भनेर कारण लुकाउन खोजिएको भए पनि उनले राजीनामा दिनुलाई पार्टीभित्रको असन्तुष्टि भएको नेताहरू बताउँछन्।
वर्तमान सरकारमा कांग्रेसबाट दुई जना मन्त्री पठाउन बाँकी छ। उक्त ठाउँमा महिलालाई प्राथमिकता दिनुपर्नेमा उनको जोडबल छ। त्यसमा पनि उनी आफैँ मन्त्री बन्नका लागि दौडधुपमा छिन्।

‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया