बिएल संवाददाता
गत भदौ दोस्रो सातादेखि ओरालो यात्रामा रहेको शेयर बजारको कारोबारमा लामो समयपछि उछाल देखिएको छ।
मंगलबार कारोबार अवधिभरि शेयर बजार ११४.७० अंकले बढेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा रोकिएको थियो।
मंगलबार सूचकसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा कुल ७ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज बैंकिङ समूहको शेयर मूल्य ३.८२ प्रतिशत, विकास बैंक समूहको ५.४८ प्रतिशत, फाइनान्स समूहको शेयर मूल्य ९.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९७ प्रतिशतले बढेको छ।
मंगलबार जलविद्युत समूहको शेयर मूल्य ५.९८ प्रतिशत, लगानी समूह ६.१० प्रतिशत, जीवन बिमा समूहको ४.१२ प्रतिशत, उत्पादन समूहको २.१९ प्रतिशत, लघुवित्त समूहको ३.९८ प्रतिशत र निर्जीवन बिमा समूहको ३.०९ प्रतिशतले बढेको छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया