बिएल संवाददाता
गत भदौ दोस्रो सातादेखि ओरालो यात्रामा रहेको शेयर बजारको कारोबारमा लामो समयपछि उछाल देखिएको छ।
मंगलबार कारोबार अवधिभरि शेयर बजार ११४.७० अंकले बढेको छ। साताको कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो।
अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा रोकिएको थियो।
मंगलबार सूचकसँगै कारोबार रकम पनि बढेको छ। आज नेप्सेमा कुल ७ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज बैंकिङ समूहको शेयर मूल्य ३.८२ प्रतिशत, विकास बैंक समूहको ५.४८ प्रतिशत, फाइनान्स समूहको शेयर मूल्य ९.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ५.९७ प्रतिशतले बढेको छ।
मंगलबार जलविद्युत समूहको शेयर मूल्य ५.९८ प्रतिशत, लगानी समूह ६.१० प्रतिशत, जीवन बिमा समूहको ४.१२ प्रतिशत, उत्पादन समूहको २.१९ प्रतिशत, लघुवित्त समूहको ३.९८ प्रतिशत र निर्जीवन बिमा समूहको ३.०९ प्रतिशतले बढेको छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
प्रतिक्रिया